detail-img

महंगी र भ्रष्टचार विरुद्धको जनप्रदर्शन

मिति २०७९ साल श्रावण १६ गते नेकपा (एमाले)द्धारा काठमाण्डौंमा आयोजना गरिएको महंगी र भ्रष्टचार विरुद्धको वृहत जनप्रदर्शनमा अखिल नेपाल किसान महासंघको नेतृत्वमा किसान नेता, कार्यकर्ता र आमकिसानहरुको उल्लेख्य मात्रामा सहभागिता रह्यो । अखिल नेपाल किसान महासंघले किसानका हक, अधिकार र समस्याका बिषयमा र सरकारले गरेका वेथितीका विरुद्ध चित्र सहितका प्लेकार्ड, महासंघका झण्डा र नारा लेखिएका कागजका टोपीहरु लगाई जनप्रदर्शनमा शसक्त उपस्थिती जनाएको थियो । न्यूरोड गेटवाट किसान महासंघको नेतृत्वमा शुरु भएको र्याली प्याफल, नरदेवी, टेंगल, बाड्गेमुढा, असन भोटाहीटी हुर्दै शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलले संवोधन गर्नुभएको थियो । रासायनिक मलको अभाव, पेट्रोलियम पदार्थमा भएको चर्को मुल्यवृद्धि, बढ्दो महंगी, भ्रष्टचार, कुशासनले जनताको जनजीवन कष्टकर बनिरहेकोले आम जनताहरुको स्वःस्पूर्त रुपमा सहभागिता र एक्यवद्धता हौसलापूर्ण रहेको थियो ।