detail-img

कार्यदलप्रति किसान महासंघको असंतुष्टी

नवलपरासी जिल्लाका मिटर ब्याजको ठगीबाट पीडित किसानहरु सरकारसंग न्यायको माग गर्दै माइतीघर मण्डलामा धर्ना बसिरहेको लामो समय भएको छ । उक्त समस्या समाधान गर्न भनी नेपाल सरकारले यहि मिति २०७९ साल श्रावण २७ गते गृहमन्त्रालयका सहसचिव डा. भिष्म कुमार भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको बिषयप्रति अखिल नेपाल किसान महासंघको ध्यानाकर्षण भएको कुरा प्रेस विज्ञप्ती मार्फत सार्वजजिक गरेको छ ।

उक्त कार्यदलको कार्यादेश स्पष्ट नहुनुकासाथै संघर्षरत पीडित किसानहरुको प्रतिनिधीत्व गराइएको छैन । यसरी अष्पष्ट र अपूर्ण रुपमा बनाईएको कार्यदलले समस्या समाधान गर्ने कुरामा शंका पैदा गरेको छ ।  त्यसैले मिटरब्याज पीडित किसान संघर्ष समितिको प्रतिनिधीत्व सुनिश्चित हुने गरी उच्च स्तरीय छानविन समिति गठन गरि आन्दोलित किसानहरुका मागहरु संवोधन गर्न अखिल नेपाल किसान महासंघ सरकारसंग पून जोडदार माग गरेको छ।