detail-img

मिटर ब्याजबाट पिडीत किसानहरुको आन्दोलनप्रति एक्यवद्धता

 मिटरव्याजबाट पिडीत किसानहरुको आन्दोलनप्रति एक्यवद्धता जायर गर्दै अखिल नेपाल किसान महासंघले प्रेस विज्ञप्ती जारी गरेको छ । मिटरब्याज जस्ता ठगी धन्दाबाट किसानहरुलाई शोषण गर्ने गिरोहलाई कडाभन्दा कडा कारबाही गर्ने र पिडीत किसानहरुका मागलाई यथोचित संबोधन गर्दै न्याय दिनु सरकारको जिम्मेवारी हो । उक्त जिम्मेबारीप्रति शंवेदनशील हुन आग्रह गर्दै देशभर रहेको यो समस्या एकमुष्ट समाधानका लागि मिटरव्याज पिडीत किसान संघर्ष समितिको प्रतिनिधित्व हुने गरी उच्च स्तरीय छानबिन समिति बनाई अबिलम्ब प्रभावकारी कदम चालियोस भनी अखिल नेपाल किसान महासंघ नेपाल सरकारसंग माग गरेको छ । पीडित किसानहरुको माग पूरा गर्न आलटाल, ठिलासुस्ती वा उपेक्षा गरिएमा देशभरका किसानहरु सडकमा उत्रिनुपर्ने बाध्यताप्रति नेपाल सरकारलाई गम्भिर बन्न आग्रह गर्दै प्रेस विज्ञप्ती  मार्फत ध्यानाकर्षण गराएको छ ।

किसान महासंघले उक्त आन्दोलनलाई आर्थिक, भौतिक तथा नैतिक तथा रुपमा सरसहयोग र सहजिकरण गर्दै आईरहेको छ ।